![]()
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन बुधवारबाट काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनको पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले बिद्यार्थी संगठन भएपछि बिद्यार्थी हकहितका बिषयमा बढी ध्यान दिन संगठनलाइ सुझाव दिनुभयो । उहाँले जनताको मन छुने गरी जनजिविकाका सवालमा पनि आफूलाइ केन्द्रीत गरी अखिल क्रान्तिकारी अघि बढनुपर्ने धारणा राख्नुभयो ।
सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो संगठन शैक्षिक परिवर्तनकारी संगठन भएकार्ले आफूहरुले सामाजवादी शिक्षाको परिकल्पना गरेको बताए ।
सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्ष पदका लागि रञ्जित तामाङ, अनिल शर्मा, आरसी लामिछाने, वीरेन्द्र बस्नेत, सुरेन्द्र बस्नेत र पञ्चा सिंह आकांक्षी देखिएका छन् ।


