Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अमेरिका–चीन सम्बन्ध बिग्रदै, केही चिनियाँ कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

Loading

बिबिसि । अमेरिकाले रुस र चीनका केही कम्पनीमाथि उत्तर कोरियालाई सहयोग गरेको भन्दै प्रतिबन्ध लगाएको छ । प्रतिवन्ध लगाइएका कम्पनीले उत्तर कोरियालाई आणविक हतियार कार्यक्रममा सहयोग गरेको अमेरिकाको आरोप छ । अमेरिकाले १० वटा कम्पनी र ६ जना व्यक्तिमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकि वाणिज्य मन्त्रालयले उत्तर कोरियामाथि थप दबाब दिन पछिल्लो कदम चालेको अनुमान गरिएको छ । बिबिसिका अनुसार चीनले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

प्रतिबन्ध लगाइएका कम्पनीहरुले अब अमेरिकामा कुनै पनि व्यवसाय गर्न पाउने छैनन । प्योङ्गयाङ्गले पछिल्लो समय गरेको लगातारको मिशाईल परीक्षणका कारण कोरियाली प्रायद्धिपमा तनाव हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed