Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रधानमन्त्री देउवालाई इन्दिरा बिमानस्थलमा शुष्माको स्वागत

Loading

काठमाडौं । भारतको पाँच दिने राजकिय भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुग्नु भएको छ । प्रधानमन्त्री देउवालाई इन्दिरा बिमानस्थलमा भारतीय बिदेशमन्त्री शुष्मा स्वराजले स्वागत गर्नुभयो ।

बिमानस्थलबाट प्रधानमन्त्री देउवा सिधै राष्ट्रपति भवन जानु भएको छ । देउवा राष्ट्रपति भवनमै बस्नु हुने छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवाको भ्रमण टोलीमा पत्नी आरजु राणा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल सरकारका सचिव, निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, सचिवालयका कर्मचारी लगायत छन् ।

प्रधानमन्त्री आजै भारतीय व्यापारीहरुको संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनु हुनेछ ।

उच्चस्तरीय भेटवार्ता भोलि बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवाको उच्चस्तरीय भेटवार्ता भने भोलि मात्रै हुनेछ । भोलि प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका नेतासित भेट गर्नुहुनेछ । भोलि नै भारतीय प्रधानमन्त्रीसंग संयुक्त बिज्ञप्ती जारी हुने सम्भावना छ । प्रधानमन्त्री देउवा पर्सी शुक्रवार हैदरावाद र गयाको भ्रमणमा जानु हुनेछ ।

उहाँ भदौ ११ गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed