Breaking News.... EverestOnlineKhabar
June 19, 2026

भौगोलिक र प्राविधिक कारणले निर्वाचन अर्को चरणमा पनि हुनसक्छःप्रमुख निर्वाचन आयूक्त

Loading

काठमाडौ,७ भदौ ।
प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन अर्को चरणमा पनि हुन सक्ने सम्भावना ब्यक्त गरेका छन । काठमाडौमा भएको एक सात्क्षात्कारमा उनले भनेः‘संविधानसभाको निर्वाचनको बेलामा पनि मंसिर ४ गते हिमाली भेगमा हिऊ परेको थियो । अहिले पनि त्यो सम्भावना छ, प्राकृतिक चुनौति आईपरे हामी दोस्रो चरणमा जानैपर्छ ।’
साक्षात्कारमा यादवले आफूहरुले भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको उल्लेख गर्दै चुनौतिलाई मध्यनजर गर्दा मंसिर १० को निर्वाचन दुई चरणमा पनि हुन सक्ने तर्क गरे ।
उनले भनेः‘अहिलेसम्म निर्वाचन कानून आईसकेको छैन, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आईसकेको छैन । हामीलाई निर्वाचनको तयारीको लागि पनि प्रयाप्त समय दिईएको छैन । नियन्त्रण बाहिरको पस्थिति आए निर्वाचन अर्को चरणमा पनि हुन सक्छ ।’
यादवले अहिलेको चुनावमा मतपत्रको ब्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको भन्दै आयोगले दुई वटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा आफूहरु रहेको स्पष्ट पारे । यद्यपि उनले राजनीतिक बृत्तबाट बाहिर आए जस्तो चार वटा मतपत्रबाट चुनाव गराउने गरी कानून निर्माण गरे तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed