![]()
काठमाडौं । स्वास्थ्य मन्त्रालयले हालै सम्बन्धन पाएको काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न कार्यदल गठन गरेको छ ।
मन्त्रालयले डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा डा. गुणराज लोहनी, डा. भोलाराम श्रेष्ठ, औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा. रुना झा, वीर अस्पतालका रेडियोलोजिस्ट डा. स्वयम्प्रकाश पण्डित, नर्सिङका तर्फबाट कविता अर्याल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा सदस्य छन ्।
कार्यदललाई प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ । सुनसान घरलाई त्रिभुवन विश्वविद्यालय विद्या परिषदले सम्बन्धन दिएपछि कलेजको सम्बन्धनका विषयमा चौतर्फी विरोध भएको थियो ।


