![]()
मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । करिब एक हप्ता लामो केन्द्रीय समिति बैठकले संसदमा छलफलकोक्रममा रहेको बिधेयकको बिपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेस केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित नभएपनि चुनावमा भाग लिने प्रतिद्धता जनाएको, विधेयक पारित गराउनेबारे स्वयम् सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश भएको हिन्दुराष्ट्र पुर्नस्थापनासम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएको लगायतका आरोप राप्रपाले लगाएको छ ।
यस्तै, राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु नै क्रियाशिल रहेको निष्कर्ष समेत बैठकले निकालेको छ ।
बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागि हुनुलाई गम्भीर भुल भएको ठहर गरेको छ ।
वरिष्ठ नेता पशुपति शमशेर राणाले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य तथा सांसद रहेको दाबी गर्दै पार्टी विभाजनको प्रयास थालेपछि राप्रपाको हेटौडामा केन्द्रीय समितिको विशेष बैठक बसेको हो ।


