Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संविधान संशोधन बिधेयकमाथि छलफल जारी, भोलि निर्णयार्थ पेश हुने

Loading

काठमाडौं । संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा आज दफावार छलफल भइरहेको छ । साउन ३२ गते पेश भएको विधेयकमाथि सांसदहरुले आ–आफनो धारणा राखिरहेका छन ।

सरकारले दर्ता गरेको संविधान संशोधन मूल विधेयकमा ५० पूरक संशोधन दर्ता भएका छन् । सत्तारुढ गठबन्धन र प्रतिपक्ष दल दुबैबाट संयुक्त र सांसदहरुका फरक–फरक संशोधन दर्ता छन् । प्रतिपक्ष गठबन्धन र सांसद्हरुका मात्र ३२ संशोधन छन् ।
संशोधनकर्ताको संख्या धेरै भएकाले आज दफाबार छलफलमात्र गरिनेछ । विधेयकमा भोलिसोमबार मतदान गर्ने तयारी सचिवालयले गरेको छ ।

मतदानमा जाँदा पहिले संशोधन प्रस्तावलाई ध्वनि मतका आधारमा छिनोफानो गरिनेछ । तर, संशोधनकर्ताले मत विभाजन माग गर्ने सक्ने व्यवस्था नियमावलीमा भएकाले संशोधनकर्ताले मत विभाजन माग गरेमा ‘लवी’ विभाजन गरेर नै संशोधनको छिनोफानो गर्नु पर्नेछ । मूल विधेयक भने ‘लवी’ विभाजनबाटै मतदान हुनेछ ।

विधेयक पारितका लागि ५९२ सांसद् मध्ये ३९५ सांसद्को मत आवश्यक पर्छ । अहिलेसम्म सरकारसँग विधेयक पारितको स्पस्ट दुई तिहाइ देखिएको छैन । प्रतिपक्ष मोर्चासँग १९७ मत छ ।

विभाजित राप्रपाको मत पनि संशोधनको पक्ष र बिपक्षमा बाँडिने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.