Breaking News.... EverestOnlineKhabar
August 22, 2026

एल क्लासिकोः बार्सिलोना पराजित,रियल मड्रिडले जित्यो उपाधि

Loading

एजेन्सी,१ भदौ ।
स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सुपर कपको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधि जितेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडलाई जिताउन मार्को एसेन्सिओ र करिम बेन्जिमाले गोल गरे । बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको पहिलो लेगमा रियल मड्रिड ३–१ ले विजयी भएको थियो ।
पहिलो लेगमा रातो कार्ड पाएका कारण रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो दोस्रो लेगमा खेलेका थिएनन् । तर रोनाल्डो बिना रियल मड्रिडले दोस्रो लेगमा पनि बार्सिलोनालाई हराउन सफल भयो । बार्सिलोनाका लागि लियोनल मेस्सी र लुइस स्वारेजले गोल गर्ने केही मौका बनाए पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेनन् ।

मेस्सी र स्वारेज दुवैले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो । गएको सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको जिनेदिन जिदानको टिम रियलले नयाँ सिजनको सुरुवात सुपर कपको उपाधि जितेको खुशीका साथ गर्ने भएको छ । यस्तै रियल मड्रिडले दुई हप्ताअघि युइएफए सुपर कपको उपाधि पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.