![]()
काठमाडौ,१ भदौ ।
एएफसी एसियन कपको तयारीका लागि हाल जापानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो अभ्यास खेलमा जापानको क्वान्सी गाक्विन युनिभर्सिटीलाई २–१ गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा नेपालको जितमा विमल घर्तीमगरले १२औं मिनेटमा पहिलो गोल गरेका थिए । क्वान्सी गाक्विनले २५औं मिनेटमा जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।
नेपालले दोस्रो हाफमो इन्जुरी समयमा अर्को गोल थप्दै नतिजालाई आफ्नो पक्षमा पारेको थियो । नेपालका लागि सुमन लामाले निर्णायक गोल गरेका थिए । अभ्यास खेलअन्तर्गत नेपालले बिहीबार जापानको एमिटी स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसिएन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पाँचवटा मैत्रीपूर्ण खेल खेल्न जापान गएको हो ।
नेपालले आइतबार जे लिग क्लब गाम्बा ओसाकाको यू–२३ टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । एसिएन कप छनोटमा नेपालले भदौ २० गते ताजकिस्तानसँग खेल्दैछ ।


