![]()
काठमाडौं । नायिक श्वेता खड्काले आफनै लगानीमा नेपाली कथानक चलचित्र ‘कान्छी’ बनाउने भएकी छन । कान्छीको निर्देशका आकाश अधिकारी रहेका छन भने श्वेताले फिल्मको मुख्य भूमिका आफै निभाउनेछिन ।
चलचित्रको छायाङ्कन भदौ २ बाट गर्ने जनाइएको छ । फिल्ममा दयाहाङ राईको पनि प्रमुख भूमिका रहनेछ ।
श्वेताले पछिल्लो पटक आकाशकै निर्देशनमा फिल्म ‘कोहिनूर’ खेलेकी थिइन् ।
फिल्मको पटकथा याम थापाले लेखेका छन । फिल्ममा बिदेश मोहले गाउँमा पारेको अशरका विषयमा सन्देश दिन खोजेको निर्देशक अधिकारीले बताए । फिल्मको मूल कथा भने प्रेम नै रहेको छ ।
फिल्ममा शम्भुजित बाँस्कोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत रहने छ। फिल्म यसै वर्षको माघ २६ मा रिलिज गर्ने लक्ष्य राखिएको छ ।


