![]()
काठमाडौं । अनसनरत डा. गोविन्द केसी समर्थक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केसी समर्थक नारा जुलुस गर्दै संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसक्रममा प्रहरीले जबरजस्ती गर्न खोज्ने केही प्रदर्शनकारीलाइ कुटेको छ । झडपमा केसीका केही समर्थक घाइते भएका छन् ।
तनाव अझ बढने देखिएपछि प्रहरीको संख्या पनि थपिएको छ ।


