Breaking News.... EverestOnlineKhabar
May 12, 2026

बिराटनगर बिमानस्थल छिटो भन्दा छिटो संचालन गर्न नागरिक उडड्यन मन्त्रीको निर्देशन

Loading

काठमाडौं । अवरुद्ध विराटनगर विमानस्थल जतिसक्दो चाँडो सुचारु गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्रनारायण देवले निर्देशन दिनुभएको छ ।

लगातारको वर्षाका कारण विमानस्थल दुई दिनदेखि बन्द भएपछि मन्त्री देवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनसहितका सरोकारवाला सबै पक्षलाई निर्देशन दिनुभएको हो । उहाँले तत्काल विमानस्थलको अवरोध हटाउने काममा लाग्न आग्रह गर्नुभएको छ ।

राजमार्गसमेत बाढी र पहिरोले अवरुद्ध बनेकाबेला विमानस्थल पनि बन्द हुँदा नागरिकलाई आवतजावतमा निकै समस्या भएको भन्दै उहाँले सबै संयन्त्र प्रयोग गरेर बिमानस्थल सुचारु गर्न निर्देशन दिनुभयो ।

मन्त्री देवले विमानस्थलमा रहेको पानीको सतह घट्नेवित्तिकै रन वे, ट्याक्सी वे, एप्रोन सफा गर्न पनि निर्देशन दिनुभएको छ ।
बाँध फुटेर पानी पसेपछि अहिले विराटनगर विमानस्थलमा ३ फिट पानी जमेको छ । श्री एयरलाइन्सको एउटा विमान त्यहीँ रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.