![]()
काठमाडौं । अविरल बर्षाले तराई जलमग्न भएपछि पूर्वी जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । बाढीका कारण काबेली विद्युत टावर पनि ढलेको छ । बर्षाका कारण प्रसारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा क्षति पुगेपछि विद्युत आपूर्ति बन्द हुन पुगेको हो ।
ती जिल्लाहरुमा टेलिफोन समेत अबरुद्ध भएको छ । पूर्वाञ्चलको दुहबी स्थित १३२ केभी सब स्टेशन जलमग्न भएको, अनारमनी कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेको र खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या आएको छ ।
हेटौंडा–चपुर–ढल्केबर प्रसारण लाइनमा पनि रुखहरु ढलेर प्रसारण लाइनमा समस्या आएको छ । खिम्ती–ढल्केबर प्रसारणलाईनमा पनि समस्या आउँदा हेटौडादेखि पूर्बी क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।


