![]()
काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा बाढीग्रस्त क्षेत्रको निरीक्षणका लागि पश्चिम नेपाल पुग्नु भएको छ । गृहमन्त्री शर्मा नेतृत्वको १९ जनाको टोली निरीक्षणका लागि बाँके पुगेको हो ।
गृहमन्त्री शर्माले बाँकेको राप्ती सुनारी गाउँपालिकाको फत्तेपुरमा गएर बाढी प्रभावित जनता तथा पीडितहरुसंग प्रत्यक्ष भेटवार्ता गर्नुभएको । मन्त्री शर्माले उद्दार र राहतका लागि मातहतका निकायलाई त्यहींबाट थप निर्देशन दिनुभयो । त्यसक्रममा उहाँले राप्ती किनारका बस्तीहरु, बर्दियाको बबई किनारका बस्ती र गुलोरिया नगरपालिकाका प्रभावित क्षेत्रहरुको पनि हवाई निरीक्षण गर्नुभयो ।
टोलीमा पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु, आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी, केन्द्रीय दैवी प्रकोप उद्धार समिति सदस्य सचिव कृष्ण राउतलगायत हुनुहुन्छ ।
मौसम अनुकुल भए गृहमन्त्री शर्माको टोलीले आजै पूर्वका बाढीग्रस्त क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।


