![]()
काठमाडौ,२९ साउन ।
करिव १७ बर्षअघिसम्म बर्खालका बेला राप्ती नदी र डुडुवाखोला भरत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे।पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो।
सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो। तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद।
तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको, होलियाका स्थानीय भन्छन् भारतले आफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ।
भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गर्यो। त्यसको उदेश्य थियो राप्तीको पानीबाट आफ्नो भूमि सिँचाई गर्ने। अन्तिममा भारत आफ्नो उद्धेश्यमा सफल भयो । भारतको त्यहि सफलताको कारण अहिले नेपालको यस्तो बेजोग भईरहेको छ ।


