![]()
काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीका सकै माग पूरा भैसकेको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले केसीका माग पूरा भैसकेकाले आइतबार अनसन टुटने दावी गर्नुभयो ।
मन्त्री श्रेष्ठले चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि केसीले अनशनलाई निरन्तरता दिएकोमा असन्तुष्टि जाहेर गर्नुभयो । उहाँले झिना मसिना विषयमा अल्झिेर नबस्न केसीलाई आग्रह गर्नुभयो । श्रेष्ठले भन्नुभयो, ‘नियुक्तिका सानातिना विषयमा तपाई जस्ता मान्छे अल्झिएर बन्नुहुँदैन । ’
श्रेष्ठले आफू शिक्षा मन्त्री भएपछि केसीका माग पूरा हुने गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गरेको दाबी गर्नुभयो । केसी अनशन बस्नुअघि नै एक महिनाभित्रमा चिकित्सा क्षेत्रका माग पूरा गराउन आफू प्रतिवद्ध रहे पनि गोविन्द केसीले अनशन बस्न हतार गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।


