![]()
काठमाडौ,२७ साउन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको संख्या बढाउन बाटो खुल्ने गरी सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत् गर्दै निर्वाचनको सकारात्मक वातावरण बनेको जनाएको छ । सर्वोच्चको निर्णय अत्यन्तै सकारात्मक भएको र यसले निर्वाचनमा भाग लिने वातावरणलाई झनै सकारात्मक बनाएको राजपाका महासचिव केशव झाले प्रतिक्रिया दिए ।
सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या बढाउनेविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन बिहीबार खारेज गरेपछि सरकारलाई प्रदेश नम्बर–२ मा संख्या बढाउन बाटो खुला भएको छ ।
सरकारले संसदमा पेस गरेको संविधान संशोधनको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत् गरे जस्तोसुकै परिणाम आएपनि निर्वाचनमा जाने राजपाको योजना छ । महासचिव झाले संशोधनको प्रस्तावलाई तत्काल अघि बढाउन सरकारसमक्ष आग्रह गरे ।


