Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्य समितीलाइ सम्मान गरेको छ । आकाश अधिकारी नेतृत्वको समूहले महासंघकी अध्यक्ष भवानी राणासहितका पदाधिकारीलाइ सम्मान गरेको हो । निर्माता संघका अध्यक्ष आकास महासंघका पनि सदस्य हुन ।

कार्यक्रममा अध्यक्ष राणाले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आफनो प्रयास रहने धारणा राखिन ।
समारोहमा निर्माता संघले ६ महिने कार्यपत्र पनि प्रस्तुत गरेको थियो । ६ महिनामा नेपाली चलचित्रको सेन्सर सजिलो बनाउने, नेपाली चलचित्रको समस्या र समाधानको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको, चलचित्रको शेयर बाँडफाँडको मुद्दालाई अगाडि बढाएको, बजेटमा राय र सुझाव दिएको, विदेशमा नेपाली चलचित्रको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउन पहल गरेको लगायतका विषय कार्यपत्रमा उल्लेख छ ।

अध्यक्ष अधिकारीले निर्माताको हक र हितका लागि सधै संघले काम गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed