Breaking News.... EverestOnlineKhabar
May 11, 2026

उत्तर कोरियासंग हतासिएको अमेरिका क्युवासंग पनि त्रसित, २ क्युवेली कुटनीतिज्ञ निष्कासित

Loading

बिबिसि । क्युवाले आफना कुटनीतिज्ञमाथि षडयन्त्र गरेको शंकाका भरमा अमेरिकाले २ क्युबेली कुटनीतिज्ञलाई निश्काषित गरेको छ । हाभानास्थित अमेरिकी दुतावासमा रहेका कर्मचारीमा अनौठो शारीरीक कठिनाई देखा परेपछि त्यसमा क्युबाको षड्यन्त्र हुनसक्ने आशंकामा अमेरिकाले यस्तो कदम चालेको हो ।

क्युबास्थित अमेरिकी दुतावासका प्रबक्तालगायत केही कर्मचारीको श्रवणशक्ति कम हुँदै गएपछि अमेरिका सशंकित भएको हो । कुटनीतिक भवनमा राखिएका यन्त्रका कारण श्रवणशक्ति कम हुँदै गएको हुन सक्ने अमेरिकी गृहमन्त्रालयको आशंका छ ।

क्युबाको विदेशमन्त्रालयले भने यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ । क्युबाले अमेरिकामा रहेका आफ्ना कर्मचारी निश्काषित गरिनु न्यायोचित नभएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

क्युबा र अमेरिकाबीच लामो समयको द्वेषपूर्ण सम्बन्धको अन्त्य गर्दै सन् २०१५ मा दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.