Breaking News.... EverestOnlineKhabar
May 10, 2026

सप्तरीमा चारसय घर डुबानमा, स्थानीयवासीको बिचल्ली, सरकार मुकदर्शक

Loading

सप्तरी । दुइ दिनको लगातार बर्षापछि स्थानीय खाँडो खोलामा आएको बाढीका कारण सप्तरी डुबानमा परेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका डुवानमा परेको हो । तिलाठी कोइलाडी गाउँपालिकाका तिलाठी, सकरपुरा र वेलईका ४ सय भन्दा बढी घर पूरै डुबेका छन । बाढीले राजविराज कुनौली सडकखण्ड समेत अवरुद्ध भएको छ ।

बाढी नियन्त्रणमा खटिएका राजविराज १५ का ६० बर्र्षीय डोमी यादव बेपत्ता भएका छन् । बाढीले बाँध कटान गर्न थालेपछि नियन्त्रणको प्रयासमा रहेकाबेला उनी बेपत्ता भएका हुन । खोलाले बालुवा र माटोले बनाइएको बाँध कटान गरेर वस्तीमा छिरेपछि स्थानीयहरु त्रसित भएका छन् । उनीहरु सुरक्षित स्थान समेत नपाएपछि बिचल्लीमा परेका छन ।

बाँध भत्किएपछि राजविराजको विरौल, डुम्रीलगायत ९ स्थान पनि डुबानको खतरामा परेका छन । बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले अवलोकन बाहेक केही गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.