Breaking News.... EverestOnlineKhabar
May 11, 2026

१२९ नेपाली मुसलमान हज गर्न साउदी अरब प्रस्थान, पौडेलले गरे बिदाई

Loading

काठमाडौं । १ सय २९ जना नेपाली मुसलमानको टोली हज गर्न साउदी अरब प्रस्थान गरेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिभिन्न १३ जिल्लाका मुस्लिम नागरिकलाई बिदाइ गर्नुभएको हो ।

कूल ४३ दिनसम्म चल्ने कार्यक्रममा भाग लिन काठमाडौँका ६०, सुर्खेतका ३, पर्वतका २, तनहुँका १२, दाङका ८, कास्कीका ४, गोरखाका १३, चितवनका २, अर्घाखाँचीका ७, पाल्पाका ५, स्याङ्जाका ९, मकवानपुरका २ र कैलालीका २ जना त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हजी टोली ३५ दिन मक्का र आठ दिन पैगम्वर मोहम्मदको समाधिस्थल मदिनामा बस्ने कार्यक्रम रहेको छ ।

नेपालबाट हज गर्न जान लागेका कुल एक हजार २०८ जनामध्ये आज १२९ र दिनदिनै भदौ २ गतेसम्म त्यसतर्फ टोली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.