Breaking News.... EverestOnlineKhabar
May 11, 2026

गच्छदारको पार्टीमा पनि पहिरो, सह–अध्यक्ष यादवले पदबाट राजीनामा दिए

Loading

काठमाडौं । सत्तारुढ दल उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम भित्रको विवाद पनि सतहमा आएको छ । पार्टीका सह–अध्यक्ष रामेश्वर राय यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएपछि अध्यक्ष गच्छदार तनावमा परेका छन । यादवले पार्टी अध्यक्ष गच्छदारलाई भेटेर आजै राजीनामा बुझाएका हुन् ।

यादवले आफनो राजीनामा पत्रमा पार्टी एक्लौटी ढंगले चलाएको, पार्टी संस्थागत रुपमा अघि बढन नसकेको, पार्टीका नेता कार्यकर्ताको उचित मुल्याङ्कन हुन नसकेको, पार्टीको आन्तरिक निर्णय लत्याइ नेतृत्व बाह्य प्रभावमा परेको, मधेशको मुद्दा छोडेर सत्तामुखी भएको, पार्टीमा पारदर्शिता नभएको, एकल नेतृत्वले बोझ बढेको, महाधिवेशनको भावना बिपरित पार्टीको नाम परिवर्तन गरेको लगायतका आरोप लगाएका छन ।

यादवले पार्टीमा आफूले पटक–पटक कुरा राखे पनि त्यसको उचित सुनवाई नभएको गुनासो समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.