Breaking News.... EverestOnlineKhabar
May 11, 2026

खेलाडीको प्रतिभा मर्न दिन्न, खेल क्षेत्रमा हुने राजनीति समाप्त गर्छु : मन्त्री केसी

Loading

काठमाडौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले यो या त्यो कारणले कुनैपनि खेलाडीको हौसला र उर्जा मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफनो सरकारी निवासमा बिभिन्न राष्ट्रिय खेलाडीहरुसंग कुरा गर्दै मन्त्री केसीले खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिले खेलाडीहरु अन्यायमा परेको देखिएकाले अब त्यसको अन्त्य हुने दावी गर्नुभयो ।

आफू कांग्रेकातर्फबाट मन्त्री भएपनि कांग्रेस निकट खेलाडीहरुको पक्षमा काम गर्छ भन्ने भ्रम नपाल्ने उहाँले आग्रह गर्नुभयो ।
मन्त्री केसीले करीव डेढ वर्षपछि नेपालमै आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुदका लागि पूर्वाधार बिकास आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो ।

भूकम्पका कारण दशरथ रंगशाला लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेकाले त्यसको मर्मत सम्भार अब तीव्र गतिमा अघि बढने जानकारी दिनुभयो । उहाँले त्रिभुवन बिश्वबिद्यालयमा खेलकुद एकेडेमी सञ्चालन गर्ने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा खेलाडीहरुले ‘ खेलाडी बिशेष सुरक्षा कार्यविधि’ मन्त्रिपरिषदबाट पारित गराउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.