![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले आफना पूर्व सहकर्मी एवम नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी स्वास्थ्य लाभ गरिरहेका डा. भट्टराईलाई दाहालले मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । त्यसक्रममा राजनीतिक बिषयवस्तुमा पनि गम्भीर छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।
भट्टराईसंको भेटपछि दाहालले भने,‘भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।’
अध्यक्ष दाहालले शल्यक्रियामा संलग्न प्रा. डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिनु भएको थियो ।


