![]()
बिबिसि । रियल मेड्रिडकका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लामो समयपछि मैदानमा फर्कन लागेका छन । गत सिजन क्लबलाई ला लिगा र च्याम्पियन्स ट्रफीको उपाधि दिलाएपछि उनी विश्राममा थिए ।
उनले दुई साताअघि अमेरिकामा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा पनि भाग लिएका थिएनन् । अब भने उनी आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध युएफा सुपर कपका लागि टोलीमा फर्किएका छन् । यी दुई क्लबबीचको खेल आउँदो बुधबार राती १२ बजेर ३० मिनेटमा हुनेछ ।
रोनाल्डोलाई अघिल्लो पंक्तिमा गारेथ बेलले साथ दिनेछन । दुवै खेलाडी लामो समयपछि सँगै खेल्न लागेका हुन् ।
कर छलीको आरोपमा गत साता स्पेनको अदालत पुगेका रोनाल्डोले केही दिनअघि निराश हुंदै अब स्पेन छोडेर इङल्याण्ड फर्कने अभिव्यक्ति दिएका थिए ।


