Breaking News.... EverestOnlineKhabar
May 12, 2026

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

Loading

धादिङ,२३ साउन ।
ट्रिपरले सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धुनीबेसी नगरपालिका वडा नम्बर ९ का १८ वर्षका अजय तामाङको ज्यान गएको छ । ठक्कर दिएपछि चालक ट्रिपरसहित घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले चालकलाई पक्रेको छ ।
घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अत्याधिक गतिमा आएको ट्रिपरले सडक किनारामा पुगेर ठककर दिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.