Breaking News.... EverestOnlineKhabar
May 12, 2026

लेखा समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबीच द्वन्द्व, सभामुख घर्तीद्वारा हस्तक्षेप

Loading

काठमाडौं । क्षेत्राधिकारको विषयलाई लिएर लेखा समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबीच द्वन्द्व चर्किएपछि सभामुख ओनसरी घर्तीले हस्तक्षेप गर्नुभएको छ । समाजिक संजाल ट्वीटरमार्पmत सभामुख घर्तीले आफूले विवादित समितिबीच कुरा मिलाइरहेको जानकारी दिनुभएको छ ।  घर्तीले विवाद मिलाउन दुवै समितिसंग छलफल गरेपनि समाधान आउन सकेको छैन ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आफ्नो क्षेत्राधिकार भित्र पर्ने आयल निगमको जग्गा खरिद प्रकरणमा लेखाले पनि हात हालेको भन्दै असन्तुष्टि जनाएपछि समितिहरुबीच विवाद सुरु भएको हो ।

लेखा समितिले आयल निगमको जग्गा खरिद प्रक्रियालाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेकोमा उपभोक्ता समितिले आपत्ति जनाएको छ ।

आयल निगमको जग्गा खरिद प्रकरणबारे व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । तर उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले भने आफ्नो क्षेत्राधिकार भित्र प्रवेश गरेर अनुसन्धान प्रक्रिया अघि नबढाउन अन्य समितिलाइ चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.