Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राणा र थापाको सहयात्रा सात महिना पनि टिकेन, अन्ततः राणा समूह फुट्यो

Loading

काठमाडौं । लामो रस्साकस्सी र तनावकाबीच राप्रपा फुटेको छ । कमल थापा नेतृत्वको राप्रपाबाट पशुपतिशम्शेर राणा सहितका नेताहरु अलग भएका हुन । उनीहरुले राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठनको तयारी गरेका छन । यसका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।

अध्यक्ष कमल थापाले मनोमानी रुपमा ४२ केन्द्रीय सदस्य नियुक्त गरेको, सरकारमा सहभागी नहुने निर्णय गरेको, संविधान संशोधनमा गलत बाटो लिएको लगायतका आरोप लगाउँदै राणा समूह फुटेको हो । यसअघि आइतबार दिनभर पार्टीका वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दको निवासमा सहमतिको प्रयास भएपनि सफल हुन सकेन ।

नयाँ दलमा पार्टीका प्रभावशाली नेता एवम सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि रहेका छन । राणासंग २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.