Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रधानमन्त्री देउवा भदौ ८ गते भारत भ्रमणमा जाने तयारी, एजेण्डा तयार हुँदै

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो भदौ ८ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको छ । दुवै देशका अधिकारीहरुबीचको छलफलपछि भ्रमणको मिति अनौपचारिक रुपमा लगभग टुंगिसकेको छ । अहिले तयारीका लागि दुवै मुलुकका अधिकारी आन्तरिक गृहकार्यमा जुटेका छन । भ्रमणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा लगातार दुवै पक्षबीच छलफल चलिरहेको बुझिएको छ ।

भारतस्थित नेपाली दुतावासले पनि प्रधानमन्त्रीको भारत भ्रमणका लागि आवश्यक तयारी अगाडि बढाएको छ । यसबारे बुझन केही दिन अघि मात्रै राजदूत दीपकुमार उपाध्याय नेपाल आउनु भएको थियो । राजदूत उपाध्यायले नेपाल र भारतका साझा एजेण्डासहित दुवै मुलुकको आ–आफनो चासोबारे मध्यस्थता गरिरहनु भएको छ ।

केही दिनभित्रै औपचारिक रुपमा भ्रमण मिति घोषणा हुने जनाइएको छ । अहिले भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाका विषयमा छलफल भइरहेको छ । भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि पहिलेका सम्झौता कार्यान्वयनको विषयले प्राथमिकता पाउने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

पञ्चेश्वर, रेलमार्ग, ग्यास पाइपलाइन लगायत विषय प्रधानमन्त्री देउवाको पहिलो प्राथमिकतामा रहेका छन ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि मात्रै देउवाको भ्रमण मिति घोषणा हुने सम्भावना पनि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.