Breaking News.... EverestOnlineKhabar
May 11, 2026

स्पेनमा करको झमेलाले रोनाल्डो दिक्क, अब इङल्याण्ड फर्कने

Loading

एएफपी । रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला भएको बताउँदै इङल्याण्ड फर्कने इच्छा व्यक्त गरेका छन । स्पेनी रेडियो स्टेसन क्याडेना सेरले रोनाल्डोलाइ उदृत गर्दै यो कुरा सार्वजनिक गरेको हो ।

रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छलीको आरोप छ । उनलाइ पुनः सोमबार अदालत सुनुवाईका लागि बोलाएको छ । रोनाल्डोमाथि १ करोड ७३ लाख अमेरिकी डलर बराबरको कर छली गरेको आरोप छ ।

स्पेनमा उच्च तहका सवै फुटबल खेलाडीमाथि कर छलीको आरोप लाग्ने गरेको छ । रोनाल्डोले आफूले कर छलेको नभइ आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले मात्र यो प्रपञ्च रचिएको बताएका छन ।

चार पटकसम्म विश्व विजेता बनेका रोनाल्डोले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन, ‘ मेरो चमत्कार र ख्यातिले मानिसलाई के बिगारेको थियो । कीराहरूले मात्र बत्ती र उज्यालोलाई आक्रमण गर्छन् । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.