Breaking News.... EverestOnlineKhabar
June 21, 2026

Loading

काठमाडौं । हृदयघात हुन लाग्यो तत्काल कसरी जोगिन सकिन्छ ?  यी र यस्तै विभिन्न उपचारका प्रश्नका प्राथमिक उपचारका खोजी गर्दै अमेरिकन रेडक्रशको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेशन एप सार्वजनिक गरेको छ ।

एपमा एलर्जी/एनाफिलाक्सिस्क, दमको रोग, रक्तश्राप, हाड भाँचिएको, पोलाइ, मधुमेह, घाँटीमा केही अड्किँदा कसरी व्यवस्थापन गर्ने, तनाव, टाउकोलगायत शरीरका अन्य भागमा लागेका सामान्य चोटपटक, अत्याधिक कठ्यांग्रिँदा कसरी जोगिने, छारेरोग, मेनिन्जाइटिस, बेहोस, मस्तिष्कघात, डसेका अथवा टोकेको घाउलगायतका विषय समेत समेटिएका छन् ।

साथै भूकम्प, आगलागी, बाढी, फ्लुका प्रकोप, तातो हावा, डढेलोजस्ता तत्काल विपद्को समयमा आकस्मिक रुपमा कसरी आफूलाई सामना तथा प्रतिरोध गर्नसक्ने बनाउने भन्ने विषयमा पनि सो एप्लिकेशनमा जानकारी रहेको छ ।

प्राथमिक उपचार नेपाल रेडक्रश एप्लिकेशन डाउनलोड गरेपछि बिना इन्टरनेट पनि पढ्न, हेर्ने र सुन्न सकिने सोसाइटीले जनाएको छ ।

सो एप्लिकेशनमा प्राथमिक उपचार, यसका प्रशिक्षणका विधि, विपद् प्रतिरोध, जोगिने उपाय, रक्तदान, विपद्का समयमा उद्धार, खोजमा जुट्न, सोसाइटीका मानवीय सेवालगायत क्षेत्रका बारेमा पनि जानकारी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed