![]()
एजेन्सी । फोनमा कुराकानी भइराख्दा एक्कासी बेहोस हुन पुगेका तेह्रथुम आठराई च्वानडाँडाका ग्याल्चोक लाम्खोरको मृत्यु हुन पुगेको छ । उनी चार महिनाअघि कतार पुगेका थिए ।
रातिको डिउटी सकेर कोठा आएको र टेलीफोनमा साथिसँग कुरा गर्दै गर्दा अचानक बेहोस भएपछि उनलाई हस्पिटल अस्पताल पुर्याइएको थियो। कतारको सरकारी अस्पताल हमाद हस्पिटलको वक्रा ब्रान्चमा पुर्याइए पनि उनको पहिलेलै निधन भएको अस्पतालले जनाएको छ ।
कम्पनीले मृतककी पत्नी झुमा तामांगलाई टेलीफोन मार्फत पतिको मृत्यु भएको जानकारी गराएपछि परिवारमा रुवाबासी छाएको छ। हप्तुर लिन्टन ग्रुप कम्पनीमा कार्यरत लाम्खोर अन्जली ओभरसिज मेनपावर कम्पनिबाट कतार आएका थिए । मृतक लाम्खोरका पत्नी र छ वर्षीय छोरा छन्।
कम्पनीले शव पठाउनको लागि भन्दै कतारी रियाल १५ सय दिएको छ । परिवारलाई सहानुभूति दर्शाउँदै पाँच हजार रियल मृतककी श्रीमतीका नाममा नेपाल पठाएको छ ।


