![]()
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय राजदुत मञ्जिभसिंह पुरीबीच भेटवार्ता भएको छ । राजदूत पुरी ११ अगष्टमा काठमाडौँमा भारतीय दूतावासले भारतको ७०औँ स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागिता जनाउन निम्तोका लागि बाल्कोट पुगेका हुन ।
भेटमा पुरीले अघोषित नाकाबन्दीले विग्रिएको नेपाल–भारत सम्बन्ध सुधार्ने भारतीय बिदेशमन्त्री शुष्मा स्वराजको प्रस्ताव सुनाएका थिए । पुरीले दिल्लीले नेपालसँग द्वन्द्व होइन पारस्पारिक सम्बन्ध चाहेको बताएका थिए ।
ओलीले के भने ?
राजदुत पुरीको कुरा सुनेपछि अध्यक्ष ओलीले दुइ चार जना स्वार्थी मान्छे नेपाल भारत सम्बन्ध बिगार्न उद्यत रहेको बताएका थिए । दुई घण्टा भएको छलफलमा ओलीले केही व्यक्तिका व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले समस्या उत्पन्न भएको बताए । उनले नेपाल भारत सम्बन्ध हार्दिकतापूर्ण रहेको र भविश्यमा पनि कायम रहनेमा आफू ढुक्क रहेको बताएका थिए ।


