![]()
कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले बुधवार विमानस्थल निर्माण कार्यको प्रारम्भ गर्नुभयो ।
सक्रममा उहाँले पर्यटन विकासको महत्वपूर्ण आधार बिमानस्थल रहेको बताउँदै समयमै निर्माण कार्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटनको विकासका लागि हवाईका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने मन्त्री देवले बताउनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा विमानस्थल निर्माण कार्यको सुरुवात हुनु सम्पूर्ण पोखरेलीको गर्वको विषय भएको बताउनुभयो ।
विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् विकास समितिका सभापति रवीन्द्र अधिकारीले २०२१ जुलाई १० भित्र निर्माण कार्य सकिने दावी गर्नुभयो ।
बिमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनीलाइ दिइएको छ ।


