Breaking News.... EverestOnlineKhabar
May 12, 2026

नयाँ कार्यालयको प्राङगणबाटै राजपा नेताहरुले भने– ‘चुनाव होइन अब संसद छोडेर आन्दोलन’

Loading

काठमाडौं । नयाँ पार्टी राजपा गठन गरेपनि तमलोपाको बिजुलीबजारस्थित पुरानै कार्यालयबाट पार्टी चलाइरहेका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले बल्लतल्ल नयाँ कार्यालय पाएका छन । राजपाले आफनो पार्टी कार्यालय अब बबरमहलमा खोलेको छ । बुधवार बिहान राजपाका सबै शीर्ष नेताहरुले एक समारोहकाबीच कार्यालयको उद्घाटन गरे ।

नयाँ कार्यालय खोलेर उत्साहीत देखिएका नेताहरु भने मुलुकको राजनीतिक अवस्था र सत्तारुढ दलहरुको व्यवहारबाट भने खुशी हुन सकेनन । उनीहरुले आफना माग पूरा गर्न सत्तारुढ दल उदासिन रहेकाले अब आन्दोलनमै जाने लगभग मनस्थिति बनाइसकेको बताए । उनीहरुले २ नंम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तह चुनावमा सहभागि हुने बातावरण समेत नबनाएकोमा आक्रोश व्यक्त गरे ।

आफुहरु स्थानीय चुनावमा सहभागि नभए प्रदेश र संसदको चुनावमा पनि सहभागि नहुने उनीहरुले बताए । राजपाका शीर्ष नेता मध्येका एक अनिल झाले भने, ‘अब संसद छोडेर आन्दोलनमा जानुको विकल्प छैन । ’ संविधान संशोधन, झूठा मुद्दा फिर्ता र मधेस आन्दोलनमा मारिएकालाई शहीद घोषणा लगायतका विषय पूरा हुन नसकेको उनको भनाइ थियो ।

अर्का नेता राजेन्द्र महतोले सरकारले आफुहरुका माग पूरा नगरी २ नम्बर प्रदेशको चुनाव गर्न खोजे असफल हुने चेतावनी दिए । पार्टीको केन्द्रीय पदाधिकारी बैठक र केन्द्रीय समिति बैठकले राजपा २ नम्बर प्रदेशको चुनावमा भाग लिने या नलिने भन्नेबारेमा निर्णय गर्ने उनले बताए ।

यसअघि सरकारले साउन महिनाभित्र राजपाका माग पूरा गर्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.