![]()
काबुल,१८ साउन ।
अफगानिस्तानको पश्चिमी शहर हेरातमा रहेको एक मस्जिदमा आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ । ६४ जना घाइते भएका छन् । इरानको सीमा क्षेत्रमा पर्ने पश्चिम शहर हेरातमा रहेको जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण भएको हो ।
कम्तिमा दुईजना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये एकजना आत्मघाती आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् । हेरात शहरका गर्भनरले आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरी नमाज पढिरहेकालाई गोली चलाएको र त्यसपछि आफैलाई विस्फोट गराएको बताएका छन् ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।


