![]()
काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतको पाँच न्यायाधीशसहितको बृहत् पूर्ण इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो।
न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा मुद्दा बुधवारका लागि हेर्दाहेर्दैमा रहेको छ।
अब शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नभई प्रहरी हिरासतमा रहने छन्। अख्तियारले शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीहरु विरुद्ध १० अर्बभन्दा बढी बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।


