Breaking News.... EverestOnlineKhabar
June 4, 2026

राजनीतिक परामर्शका लागि राजपाका शीर्ष ५ नेता भारतीय दुतावासमा

Loading

काठमाडौं । चरम राजनीतिक संकटमा परेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष पाँच नेता मंगलवार भारतीय दुतावास पुगेका छन । मुलुक राजनीतिक परिस्थिति र आफूले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न अध्यक्ष मण्डलका ५ नेता लैनचोर पुगेको बुझिएको छ ।

दुतावास जानेमा राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र अनिल झा रहेका छन ।
संविधान संशोधन, अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको स्थानीय तह निर्वाचन, केन्द्र र प्रदेशको चुनाव, स्थानीय तहको संख्या थप्ने लगायतका विषयमा परामर्श गर्न उनीहरु दुतावास पुगेका हुन ।

राजपा नेताहरुले मुलुकको राजनीतिक मुद्दामा राजपा आफैले निर्णय गर्ने गरेको दावी गरेपनि यस्ता भेटले थुप्रै प्रश्न जन्माउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed