Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । मानिसले जो सोच्यो बिज्ञान र प्रविधिले त्यो पूरा गरि दिएको छ । मानिसको कल्पना भन्दा बाहिरका कुरा त आज सामान्य लाग्न थालिसके भने मानिसको आफनै आवश्यकताको विषय कति न ठूलो कुरा भयो र !

अन्य कुराहरु जस्तै यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष हो । यौन आवश्यकताको परिपूर्ति नहुदाँ डिप्रेसनको समस्या आउन सक्छ । अब चिन्ता गर्नु पर्दैन यस्तो नहोस भनेर रोबोटको विकास गरिएको छ । अब यौन सुखका लागि रोबट प्रयोग गर्न सकिने छ ।
खासगरी स्पेनमा युवा रोबोट सेक्स डलप्रति बढी आकर्षित भएको पाइन्छ । उनीहरुले डिप्रेशन लगायतका समस्याबाट बच्नका लागि नियमित जस्तै यस्ता साधनहरू प्रयोग गर्दै आइरहेका छन ।

बलात्कार रोक्नमा केही हदसम्म यसले सहयोग गर्ने भएतापनि यस्ता कृत्रिम साधनहरूसँगको शारीरिक सम्बन्धले युवापुस्तामा नैराश्यता ल्याउने गरेको ठहर समेत विज्ञहरूको छ । यसले पुरूष तथा महिलाबीचको सामिप्यतामा प्रभाव पार्ने उनीहरू बताउँछन् ।

यस्ता रोबोट सेक्सको प्रयोगले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसमा उमेरको हदबन्दी लगाउनु पर्ने उनीहरूको राय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed