Breaking News.... EverestOnlineKhabar
May 11, 2026

दक्षिण कोरिया–नेपाल सम्पर्क समितिको अध्यक्षमा अञ्जु केसी निर्वाचित

Loading

एजेन्सी । दक्षिण कोरिया–े नेपाल सम्पर्क समिति (एनसीसी) को अध्यक्षमा अञ्जु केसी निर्वाचित भएकी छन । सियोलमा सम्पन्न १६ औं अधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनका प्रतिद्वन्द्वी जीतबहादुर गुरुङ थिए ।

केसीले ४ सय ८४ मत पाइन् भने गुरुङले २ सय ८८ मत प्राप्त गरे । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश ढुंगाना, उपाध्यक्षमा श्री प्रसाद श्रेष्ठ, महासचिवमा निर्मल कुमार बेल्वासे र सचिवमा पत्रकार कृष्ण बस्याल निर्वाचित भए ।

एनसीसीको अधिवेशनमा ७ सय ७९ मत खसेको थियो । अध्यक्ष केसी र गुरुङको प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए ।

बुटवल निवासी केसी एक दशक भन्दा बढी समयदेखि कोरियामा रहदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.