Breaking News.... EverestOnlineKhabar
May 10, 2026

संविधान संशोधन र प्रदेश नं. २ मा स्थानीय तह थप्ने गृहकार्य हुँदैछ : प्रचण्ड

Loading

महोत्तरी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ मा राष्ट्रिय जनता पार्टीसहितको चुनाव हुने दावी गर्नुभएको छ ।

महोत्तरीको बर्दिवासमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले राजपाका माग पूरा हुने वातावरण बनिरहेकाले उनीहरुको चुनावमा भाग लिने सम्भावना पनि बढदै गएको बताउनुभयो ।

राजपाले अघि सारेका माग र शर्त पूरा हुने लगभग निश्चित भैसकेको उहाँले बताउनुभयो । उहाँले संविधान संशोधन, सीमांकन परिवर्तन तथा प्रदेश नं–२ मा स्थानीय तहको संख्या थप्ने गृहकार्य भैरहेको जानकारी पनि दिनुभयो ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि जनकपुर जाने क्रममा उहाँले बर्दिवासमा पत्रकारसँग कुरा गर्नुभएको हो । उहाँको साथमा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पनि संगै हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.