Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अनसनरत डा.केसीका माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

Loading

काठमाडौ,१६ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् ।
डा. केसीका मागसँग सरोकार राख्ने शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ता टोलीमा रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यलयका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशन र चासोपछि शिक्षामन्त्रीले प्रधानमन्त्री चिकित्सा शिक्षासम्बन्धी विधेयक रहेको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति समेतलाई विशेष आग्रह गरेरै भएपनि फाष्ट ट्रयाकबाट विधेयक ल्याउन पहल गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed