![]()
पोखरा,१६ साउन ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि राजाको हुकुमी शासनमा जस्तो मनोमानी तरिकाले पार्टी र सरकार चलाएको आरोप लगाएका छन् ।
पोखरा लेखनाथ महानगर–१६ लामाचौरमा रहेको ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस हाताभित्र निर्मित वीपी स्मृति पार्कको समुद्घाटन कार्यक्रममा पौडेल पार्टी सभापतिप्रति आक्रामक भएका हुन् ।
सरकारमा जाने मन्त्री चयनका लागि छुट्टै विधि र विधान भएपनि पार्टी सभापति देउवाले त्यसलाई लत्याएर आफ्नो मान्छेमात्र छानेको पौडेलको आरोप छ । बरिष्ठ नेता पौडेलले पार्टीमा योगदान दिने नेता–कार्यकर्ताको मूल्यांकन हुन छाडेको भन्दै यसले पार्टीलाई कमजोर बनाएको बताए ।


