Breaking News.... EverestOnlineKhabar
June 25, 2026

एमाले अध्यक्ष ओली भन्छन्ः‘सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछ’

Loading

काठमाडौ,१६ साउन ।
चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडक निर्माण गर्न तयार रहेको जनाउ दिएको छ।
साता लामो तिब्बत यात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन्।
ओलीले आइतबार आफ्नै निवाश बालकोटमा बसेको पार्टीको स्थायी समिति बैठकमा चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएको जानकारी दिएका हुन् । यसका लागि नेपाल सरकारले आधिकारिक रुपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरुको रहेको ओलीको भनाई छ ।
चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन्।
ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed