Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पदभारग्रहणसंगै स्वास्थ्यमन्त्री पोखरेलले सार्वजनिक गरे नयाँस्वास्थ्य नीतिसहितका ५ प्राथमिकता

Loading

काठमाडौ,१२ साउन ।
नवनियुक्त स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पदभार ग्रहणपछि संबिधान र सघियतासंग मेल खाने नयाँ स्वास्थ्य नीति आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन। मन्त्री पोखरेलले आफ्नो प्राथमिकताका क्षेत्रबारे सुनाउदै भनेः‘संबिधानमा स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ। मेरो पहिलो प्राथमिकता भनेको संबिधानमा भएको यहि व्यवस्थालाई कार्यान्वयन गर्नु हो। मौलिक हकमा राखिएको व्यवस्थालाई व्यवहारिक ढंगले जनताले आफ्नो जीवनमा अनुभूति गर्ने गरि अगाडी बढाउने हो ।’
त्यस्तै आधारभूत स्वास्थ्य सेवाको परिभाषा र त्यसको कार्यन्वयन आफ्नो प्राथमिकताको बिषय रहेको उनले बताए। देश संघिय स्वरूपमा गईसकेको अवस्थामा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम र संरचनाको क्षेत्रमा गर्नुपर्ने काम आफुले उच्च प्राथमिकतामा राख्ने मन्त्री पोखरेलले बताए।
आफु यस अघि स्वास्थ्य मन्त्री हुँदाको अवस्थालाई सम्झिदै मन्त्री पोखरेलले भनेः‘पहिले सरुवा रोगमा आधारित रणनीतिबारे काम भएको थियो तर अहिले नसर्ने रोगको प्रकृति बढेर ६२ प्रतिशत पुगेकाले स्वास्थ्यका रणनीतिक कुरा नै परिवर्तन भएका छन। सबै बिषय बस्तुलाई समेटेर संबिधान र संघियतासंग मेल खाने नयाँ स्वास्थ्य नीति मेरो प्राथमिकतामा पर्छ ।’ नयाँ स्वास्थ्य नीतिले जनस्वास्थ्य र नयाँ चुनौतीलाई सम्बोधन गर्ने उनको बिश्वास छ।
आफ्नो अर्को उच्च प्राथमिकताबारे सुनाउदै मन्त्री पोखरेलले निशुल्कको राष्ट्रिय कार्यक्रम नयाँ ढंगले व्यवस्थित गर्ने बताएका छन । उनले भनेः‘ आधारभुत स्वास्थ्य सेवाले समेट्न नसकेको बिषयलाई बिमाले सम्बोधन गर्नुपर्ने हुन्छ। आधारभुत स्वास्थ्य सेवा वा निशुल्कको राष्ट्रिय कार्यक्रमको पुरकको रुपमा बिमालाई अगाडी बढाउनुपर्ने मेरो मान्यता रहेको छ ।’ उनले भने।
स्वास्थ्य मन्त्रालयमा यो उनको तेस्रो कार्यकाल हो भने उनि चौथो पटक मन्त्री बनेका हुन। पोखरेलसंग शिक्षा तथा स्वास्थ्य क्षेत्रमा रहेर काम गरेको लामो अनुभव रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.