Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्यालेष्टाइनसंग तनाव घटाउन इजरायले जेरुसेलमा रहेको मेटल डिटेक्टर हटाउने

Loading

बिबिसि । इजरेलको सुरक्षा क्याबिनेटले जेरुसलेममा रहेको पवित्र तीर्थस्थलमा जडान गरिएका धातु पहिचान गर्ने ‘मेटल डिटेक्टर’ हटाउने निर्णय गरेको छ । उक्त पवित्र तीर्थस्थललाई मुसलमानहरुले हरम अल सरिफ र यहुदीहरुले ‘टेम्पल माउन्ट’ भन्ने गर्दछन । त्यसको ठाउँमा उनीहरुले बाधा नपुग्ने किसिमले अर्को निगरानी प्रणाली स्थापना गर्ने बताएका छन ।
दुई जना प्रहरी उक्त तीर्थस्थल नजिकै मारिएपछि उक्त सुरक्षा प्रणाली अवलम्बन गरिएको थियो । सुरक्षाका लागि मेटल डिटेक्टर राखेपछि यसले प्यालेस्टिनीहरुलाई आक्रोशित बनाएको थियो । यसपछि दुवै मुलुकबीच पटक–पटक हिंसाका घटना भएका थिए ।

यसअघि मध्यपूर्वका लागि राष्ट्रसंघीय दूत निकोले म्लाडेनोफले आगामी शुक्रबारको मुसलमान प्रार्थना अघि नै उक्त तनाव समाधान गर्न आग्रह गरेका थिए । त्यसो नभए विश्वले नै भयावह मूल्य चुकाउनुपर्ने खालको परिणाम भोग्नुपर्ने उनले बताएका थिए । ।इजरायलले मेटल डिटेक्टर हटाउने निर्णय लिएपछि मुसलमान र यहुदीहरुबीचको तनाव कम हुने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed