Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कीर्तिमानी धावक पण्डितको भावपूर्ण बिदाई, प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

Loading

काठमाडौं । कीर्तिमानी धावक एवम हिमाल आरोही संजय पण्डितको मंगलवार भावपूर्ण बिदाइ गरिएको छ । गत असार २ गते अमेरिकाको आलस्कामा हिमाल आरोहणका क्रममा मृत्यु भएका पण्डितको काठमाडौं दशरथ रंगशालामा श्रद्धाञ्जलीसहित बिदाइ गरिएको हो । पण्डितलाइ श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा लगायत बिभिन्न दलका नेता, खेलाडी र पण्डितका प्रशंसकहरु रंगशाला पुगेका थिए ।

प्रधानमन्त्री देउवाले पण्डितको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै पण्डितको योगदानको प्रशंसा गर्नुभयो । उहाँले पण्डितको निधनले नेपाली खेल जगतमा अपूरणिय क्षति भएको बताउनुभयो ।

पण्डितको मंगलवार नै गृहजिल्ला प्यूठानमा अन्त्येष्टि गरिएको छ । प्यूठानको झिमरुक नदी किनारमा उनको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा धर्मपत्नी कञ्चन शर्मा पण्डितले दागबत्ती दिएकी हुन् ।

अमेरिकाको आलस्का राज्यस्थित डेनाली माउण्ड आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण पण्डितको निधन भएको थियो ।
पण्डितले सर्बोच्च शिखर सगरमाथासहित संसारका ६ महादेशको उच्च शिखर आरोहण गरिसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed