![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि त्यो बुधवारका लागि सरेको छ । आफनै पार्टी भित्र भागवण्डाका कारण विवाद बढेपछि प्रधानमन्त्री देउवाको मन्त्री थप्ने चाहना पूरा हुन सकेन । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, खुमबहादुर खडका, कृष्ण सिटौलाको समूहको चित्त बुझाउन प्रधानमन्त्री देउवलाइ समस्या भएको छ ।
स्वयं पौडेललाइ पनि आफनो पक्षबाट मन्त्री सिफारिस गर्न निकै सकस भएको छ । मंगलवार साँझ नेता पौडेलले ठूलै दवावकाबीच चार मन्त्रीको नाम प्रधानमन्त्रीलाइ बुझाइको बुझिएको छ । पौडेल समूहले यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादवको नाम बुझाएको बुझिएको छ । प्रधानमन्त्री देउवाको नमानेपछि पौडेल बलबहादुर केसीको नाम फिर्ता लिन तयार भएका छन । मन्त्री हुनेमा पौडेल पक्षबाट सरिता प्रसाई र कमला पन्तको नाम पनि चर्चामा थियो ।
पार्टी सभापति एवम प्रधानमन्त्री देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने लगभग निश्चित भएको छ । यस्तै, सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग फाइनल भएको छ ।
प्रधानमन्त्री देउवाले बुधवार नेकपा माओवादीका तर्फबाट पनि केही मन्त्रीहरु थप्नु हुनेछ ।


