Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै….

Loading

काठमाडौ,१० साउन ।
१९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्नेछैन ।
अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ । यसअघि खेलिएको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार बेहोरेको थियो । यो जितसँगै नेपाल पाँच खेलबाट आठ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । पाँच वटै खेल जितेको अफगानिस्तान १० अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed