Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नारायणगढ–मुग्लिन सडक विस्तारले तिव्रता पायो,रातभर बत्ती बालेर काम गरिदैं

Loading

चितवन,१० साउन ।
नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारले तिव्रता पाएको छ । रातको समयमा यो सडकखण्डमा सवारी निषेध गरी भित्ता काट्ने कामलाई तिव्रता दिइएको हो । यो सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर भित्तो काट्न थालिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने भएकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म पहाडमाथि दुईवटा एक्साभेटर र तल दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको हो ।
२ सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा सडक करिब छ मिटर मात्रै फराकिलो छ । सडकलाई १८ मिटर फराकिलो बनाउन पहाड हटाउन लागिएको र उक्त ठाउँमा करिब ३५ प्रतिशत काम मात्रै बाँकी रहेको खनालले जानकारी दिए ।
असार २७ गतेबाट रातमा सवारी साधन बन्द गरेर थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed